नियम ३०
उजुरी दर्ता गर्नुपर्ने
: (१) ऐनको दफा ३६ बमोजिम केन्द्रीय बजार अनुगमन समिति समक्ष प्राप हुन आएका उजुरीका सम्बन्धमा सो समितिले त्यस्तो उजुरीको अभिलेख राखी आवश्यक कारबाहीका लागि त्यस्तो उजुरी तुरून्त विभागमा पठाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम केन्द्रीय बजार अनुगमन समिति मार्फत वा सोझै विभागमा प्राप्त हुन आएका उजुरी विभागले तुरून्त दर्ता गरी सोको निस्सा सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ ।

(३) कसैले ऐनको दफा ३६ बमोजिम निरीक्षण अधिकृत समक्ष उजुरी दिएकोमा निरीक्षण अधिकृतले -त्यस्तो उजुरी विभागको दर्ता कितावमा दर्ता गर्न लगाउन वा उजुरी आफैले बुझिलिई सोको निस्सा तत्काल: उजुरीकर्तालाई दिनु पर्नेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै विद्युतीय साधन मार्फत वा विभागमा उपस्थित भई मौखिक उजुरी दिएकोमा त्यस्तो उजुरीको व्यहोरा अनुसूची-९ बमोजिमको ढाँचामा टिपोट गरी उजुरीकर्ता उपस्थित _ भए निजबाट सनाखत गराई महानिर्देशकले तोकेको अधिकृतबाट प्रमाणित गराई उजुरी किताबमा दर्ता गर्नु“पर्नछ।

(५) उजुरीकर्ताले उजुरीमा आफ्नो परिचय गोप्य राख्न चाहेको कुरा उल्लेख गरेकोमा विभागले त्यस्तो उजुरीकर्ताको सम्बन्धमा छुट्टै अभिलेख खडा गरी त्यस्तो अभिलेख महानिर्देशक वा निजले तोकेको अधिकृतको जिम्मामा राख्नु पर्नेछ र उजुरी दर्ता किताबमा विभागले निर्धारण गरे बमोजिम सङ्केत नम्बर राखी उजुरी दर्ता गर्नु पर्नेछ।